अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगपालिकामा ‘एक घर, एक रोजगार’ सिर्जना गर्ने योजनाका साथ काम गर्ने बताउनुभएको छ ।

 

चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधनका क्रममा मेयरका प्रत्यासी गोम्देनले आफूहरुलाई जिताउन आग्रह गर्दै नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताउनुभएको हो ।

 

गोम्देनले १ नम्बर वडामा देखिएको नदी कटान र उत्खन्नको समस्यालाई स्थानीय सरकारले प्राथमिकताका साथ हल गर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई आफूहरुले पहिलो प्राथमिकतामा राख्ने दाबी गर्नुभयो ।

 

कार्यक्रममा उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली र १ नम्बर वडाका वडा अध्यक्ष पदका उम्मेदवार बिष्णुलाल ढकालले पनि स्थानीय जनताका गुनासो र समस्याहरुलाई पालिका सरकारले पहिलो प्रथामिकताका साथ समाधान खोज्ने बताउनुभयो ।

 

अर्जुनधारा १ मा वडासदस्य पदमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले मतदातासमक्ष मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।