अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका लागि मेयर पदमा नेकपा एमालेका उम्मेद्वारलाई सुरुवातदेखि नै अग्रता मिलेको छ । वडा नम्बर १ बाट मतगणना सुरु भएको पहिलो चरणदेखि नै एमालेका उम्मेद्वारलाई अग्रता मिलेको हो ।

 

वडा नम्बर १ को हचुमासा सामुदायिक वन समूह मतदान केन्द्रको तीन वटा बुथबाट गणना भएअनुसार एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देनलाई ६०८ मत मिलेको छ । यो मत १ हजार १९५ मत गणना भएपछि घोषणा भएको हो ।

 

यसैगरी, गठबन्धनकी कांग्रेस उम्मेद्वार रञ्जिता कार्कीले ४७४ मत पाएकी छन् । यस मतदान केन्द्रबाट करिब ६० प्रतिशत मत गणना हुन बाँकी रहेको बताइएको छ । यसैगरी, मेयर पदमा राप्रपाका उम्मेदवारले ३३ मत पाएका छन् ।

 

पछिल्लो परिणमअनुसार उपमेयरमा एमालेकी खड्गमाया पराजुलीले ५८० मत ल्याएका छन् । गठबन्धनका माओवादी उम्मेद्वार जितेश योञ्जनले ३०७ मत पाएका छन् । राप्रपाका उपमेयर पदका उम्मेद्वारले ५२ मत प्रात गरेका छन् ।

 

वडाध्यक्षको प्राप्त मतअनुसार एमालेका उम्मेद्वार विष्णु ढकालले ५०७ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेद्वार उपेन्द्र बस्नेतले ५७१ मत ल्याइ आफ्नो अग्रता कायम राखेका छन् ।

 

यसैगरी, राप्रपाका उम्मेद्वार विशाल खड्काले ७६ मत प्राप्त गरेका छन् । यस वडाको कुल मत संख्या २१९५ रहेको छ भने अन्य मतगणना जारी रहेको छ । कुल ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।