अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाकाे वडा नम्बर १ काे वडाध्यक्ष पदमा गठबन्धनका उम्मेद्वारलाई अग्रता मिलेकाे छ । सुरूवातदेखि नै गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेतलाई अग्रता मिलेकाे हाे । वडाध्यक्षको प्राप्त मतअनुसार बस्नेतले १ हजार ३९२ मत पाएका छन् भने एमालेका उम्मेद्वार विष्णु ढकालले १ हजार २६४ मत ल्या एका छन् ।

 

यसैगरी, राप्रपाका उम्मेद्वार विशाल खड्काले १७८ मत प्राप्त गरेका छन् । तर, मेयर पदमा नेकपा एमालेका उम्मेद्वारलाई सुरुवातदेखि नै अग्रता मिलेको छ । वडा नम्बर १ बाट मतगणना सुरु भएको पहिलो चरणदेखि नै एमालेका उम्मेद्वारलाई अग्रता मिलेको हो । अहिलेसम्म ३ हजार ८२ मत गणना भइसकेको छ ।

 

पछिल्लो गणना भएअनुसार एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देनलाई १ हजार ५२० मत मिलेको छ । यसैगरी, गठबन्धनकी कांग्रेस उम्मेद्वार रञ्जिता कार्कीले १ हजार १९० मत पाएकी छन् ।यसैगरी, मेयर पदमा राप्रपाका उम्मेदवारले १२३ मत पाएका छन् ।

 

यस्तै, उपमेयरमा एमालेकी खड्गमाया पराजुलीले १ हजार ४३९ मत ल्याएकी छन् भने गठबन्धनका माओवादी उम्मेद्वार जितेश योञ्जनले ७९२ मत पाएका छन् । राप्रपाका उपमेयर पदका उम्मेद्वारले १६४ मत प्रात गरेका छन् ।

 

यस वडाको कुल मतदाता संख्या ४ हजार ७४६ रहेकोमा ३ हजार ५८१ मत खसेको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ । अहिले ४९९ मतगणना भइरहेको छ । कुल ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।