अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको थप ३ वटा वडामा गठबन्धनका उम्मेद्वार जीत नजिक पुगेका छन् । यसअघि २ वटा वडाको प्रमुख पदमा विजयी हासिल गरेको गठबन्धनका उम्मेद्वार वडा नम्बर ३, ४ र ५ मा पनि जीत नजिक पुगेका छन् ।

 

पछिल्लो मत परिणामअनुसार ३ नम्बर वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार सीताराम भट्टराई १ हजार ४२१ मत ल्याएर अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेद्वार हरि वाग्लेले १ हजार २४२ मतसहित पछ्याइरहेका छन् । यस वडामा वाग्लेले सुरुवाती अग्रता लिएका थिए तर भट्टराईले उत्कृष्ट कमब्याक गरेका हुन् ।

 

यसैगरी, ४ नम्बर वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसकै उम्मेद्वार अम्बर कटुवाल अगाड छन् । उनले १ हजार ४१९ मत ल्याउँदा प्रतिद्वन्द्वन्दी नेकपा एमालेका एकदेव खनालले ९८७ मतमात्र ल्याएका छन् ।

 

यस्तै, वडा नम्बर ५ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकै उम्मेद्वार हरि खड्का जीत नजिक पुगेका छन् । उनले १ हजार १३२ मत ल्याए भने प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार डम्बर घिमिरेले ९९० मतमात्र ल्याएका छन् ।

 

वडामा गठबन्धनका उम्मेद्वारले अग्रता लिए पनि नगरको मेयर र उपमेयर पदमा भने नेकपा एमालेका उम्मेद्वार नै अघि छन् । नेकपा एमालेका तर्फबाठ नगर प्रमुख पदका उम्मेद्वार बलदेव सिंह गोम्देनले ७ हजार २५ मत ल्याउँदा गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले ६ हजार १०८ मत पाएकी छन् ।

 

यस्तै, उपमेयर पदमा एमालेकी प्रत्यासी खड्गमाया पराजुलीले ६ हजार ९०४ मत ल्याउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले ३ हजार ८९२ मत प्राप्त गरेका छन् ।