बिर्तामोड । झापाको बिर्तामोड ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडा नं ४ को वडाध्यक्षमा राहुल शर्मा निर्वाचित भएका छन् ।
यसअघि नेपाली कांग्रेसले जितेको सो वडामा शर्मा सदस्य थिए । शर्माले १८१३ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार कुलप्रसाद संग्रौलाले १७२० मत प्राप्त गरेका छन् ।
वडा नं ४ को महिला सदस्यमा रमादेवी राजवंशी, दलित महिला सदस्यमा निर्मलादेवी सुनार, खुल्ला सदस्यहरुमा उमेश राउत र केशवकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।