बिर्तामोड । विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा स्थापना भएको छ । ग्रेसले भोलि (सोमबार)देखि औपचारिकरुपमा सेवा सुरु गर्ने आज आयोजित पत्रकार भेटघाटमा जानकारी दियो ।

 

१६ वर्षदेखि नेपालमा उच्च शिक्षाका लागि सम्पूर्ण परामर्श प्रदान गर्दै आएको ग्रेसको बिर्तामोड शाखा हनुमान कम्प्लेक्सको चौथो तलामा रहेको छ । ग्रेसका अध्यक्ष दिपेन्द्र राउतका अनुसार अष्ट्रेलिया, क्यनडा, यूके, न्यूजील्याण्ड, अमेरिका लगायतका देशमा उच्च शिक्षाको लागि जान इच्छुक विद्यार्थीका लागि काठमाडौँ धाउन नपर्ने भएको छ । ग्रेसले झापा र इलामलगायतका जिल्लाका विद्यार्थीलाई लक्षित गरि बिर्तामोड शाखाबाटै सेवा प्रदान गर्न लागेको बताइएको छ ।

 

विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि देशकै ठूलो मध्येको एक ग्रेस इन्टरनेशनल भएको दाबी गरिएको छ । शाखा स्थापना र सञ्चालनको अवसरमा ‘फस्ट ट्वान्टी’लाई आईएलटिस निशुल्क पढ्न पाउने सुविधा ग्रेस इन्टरनेशनलले घोषणा गरेको बिर्तामोडमा शाखाका म्यानेजर पर्वत धितालले बताए ।

 

‘अष्ट्रेलियाका अधिकांस यूनिर्भसिटी, हाइयर कलेज लगायतको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने भएकोले ग्रेसमा विद्यार्थीले धेरैभन्दा धेरै विकल्प पाउन सक्ने दाबी गरिएको छ । विद्यर्थीको चाहाना, क्षमता र आर्थिक तथा पारीवारीक अवस्थाका आधारमा विद्यार्थीलाई विकल्प दिनसक्ने भएकाले पनि ग्रेस विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको सञ्चालकको भनाइ छ ।

 

विद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा यूनिर्भसिटी र चाहेकै कोर्समा पठाउन सक्ने भएकाले भोलिका दिनमा झापा, इलामलगायतका विद्यार्थीको पहिलो रोजाइ ग्रेस बन्ने’ विश्वास रहेको म्यानेजर धितालले सुनाए ।

 

नेपालमा १० वटा शाखा, अष्ट्रेलियाको सातवटै प्रान्त, भारतको दिल्ली र पाकिस्तान लगायतका ठाउँबाट विद्यार्थीहरुलाई सेवा दिंदै आएको ग्रेसले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हो । नेपालबाट मात्रै ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई सेवा प्रदान गरिसकेको ग्रेसले विद्यार्थीलार्इ करियर काउन्सिलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेसनलगायतका सेवा प्रदान गर्ने बताइएको छ ।