बिर्तामोड । मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ । भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन बमोजिम उम्मेदवार सिफारिस सुरु गरिएको पार्टीले जनाएको छ ।
प्रदेश निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री भट्टराई, रोमणी भट्टराई र चन्द्रा सेडाईको नाम सिफारिस गरेको छ ।
यस्तै, क्षेत्र नम्बर २ (ख) मा पनि चार जनाको नाम सिफारिस गरिएको छ । जसमा हरिकुमार राना, चिन्तन पाठक, रोहित ढकाल र देवीमाया भट्टराई सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ (क) मा वसन्त बानियाँ, हरि तिम्सिना, चन्द्रा श्रेष्ठ, (ख) मा हरि राजबंशी, सोमनाथ पोर्तेल, लक्ष्मण पाठक, छवि चुडाल, जीवन श्रेष्ठ, धनकेश्वर बस्नेत र ललिता बस्नेतको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।