काठमाडौँ । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

 

उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट उम्मेदवार बन्न लागेका हुन् । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर–२ कांग्रेस सो क्षेत्रको प्रदेशसभा (क) माओवादीको भागमा परेको छ ।