झापा । आसन्न निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाएको छ । मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै अघिल्लो स्थानीय निर्वाचनमा आलोचना भएपछि नमूना मतदानलाई प्राथमिकता दिइएको हो ।
झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबैभन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन् । अघिल्लो स्थानीय निर्वाचनमा झापाका निर्वाचन कार्यालय, उम्मेदवार तथा दलका प्रतिनिधिले आम मतदातालाई मतदाता शिक्षा प्रभावकारी रुपमा प्रदान नगर्दा बदर मतको संख्या धेरै देखिएपछि यस पटक मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको हो ।
अहिले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय झापाले मतदाता शिक्षा प्रदान गरिरहेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । योसँगै झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार ३ सय ११ पुगेको छ ।
आम मतदाताले खसाएको मत बदर हुन नदिन अहिले निर्वाचन कार्यालयले नमुना मतदान गराइरहेको छ भने जिल्लाका १ सय ३१ वटै वडामा निर्वाचन शिक्षाका लागि महिला स्वयमसेविकालाई परिचालन गरेको छ । यता मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले झापामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबैभन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन् । जिल्ल्लाका २ सय ८५ वटा मतदान स्थलमा रहेका ७ सय ६६ वटा मतदान केन्द्र रहेका छन् । इमेज खबरबाट