शनिश्चरे । प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गतको मंसिर ४ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर २ को मतगणना अर्जुनधारा नगरपालिकाको सभाहलमा जारी छ । अहिलेसम्म १ हजार ६ सय ३४ मतगणना सकेर परिणाम सार्वजनिक गरिएको छ ।
पहिलो चरणमा अर्जुनधारा नगपालिकाकै ११ नम्बर वडाको महारानीगञ्ज मावि मतदान केन्द्रबाट सुरु गरिएको छ । मतपरिणामअनुसार १ हजार ६ सय ३४ मतमध्ये नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरेले ६ सय २० मत ल्याएर अग्रता कायमै राखेका छन् । प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले ३ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार स्वागत नेपालले ३ सय १ मत प्राप्त गरेका छन् ।
बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणनाका लागि प्रक्रिया शुरु गरिएको थियो । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ । यस क्षेत्रमा एमालेका देवराज घिमिरे, गठबन्धनका हरि राना र स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।