झापा । झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना शुरु भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतगणना प्रारम्भ भएको हो । हाल जम्मा ७ वटा मतदान केन्द्रको मतपत्र मिसाई गणना गर्न सुरु गरिएको जनाइएको छ ।

 

गौरीगञ्ज आधारभूत विद्यालय गौरीगञ्ज (ख), गौरीगञ्ज मावि गौरीगञज (ख), गौरी आधारभूत विद्यालय, ठेकीटोला (क), गौरी आधारभूत विद्यालय, ठेकीटोला (ख), जनता आधारभूत विद्यालय चिलहरा (क), खजुरगाछी मावि, खजुरगाछी (क) र बाणी मावि गोहाबारी (ख) केन्द्रको मत मिसाएर गणना शुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

त्यस क्षेत्रमा एमाले अध्यक्ष केपी ओली र गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी मुख्य प्रतिष्पर्धी रहेका छन् ।

 

यसैगरी, झापा ३ मा पनि मतगणना शुरु भएको छ । झापा क्षेत्र नं ३ मा ३३९० मतको गणना सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन मुख्य प्रतिष्पर्धी रहेका छन् ।