झापा । नेकपा एमालेले सातवटै प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित सांसदहरुको नाम छनोट गरेको छ । पार्टी मुख्यालय च्यालसमा शनिबार बसेको सचिवालय बैठकले उनीहरुको नाम छनोट गरेको हो ।

 

जसअनुसार खास आर्य महिलातर्फ शीला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), निरादेवी खनाल आचार्य (सुनसरी), गीतादेवी रेग्मी (उदयपुर) रहेका छन् । त्यसैगरी आदिवासी जनजातितर्फ सृजना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मिना श्रेष्ठ (सुनसरी), सृजना राई (भोजपुर), मालतीकुमारी लिम्बु (मोरङ), लहरुमाया जिमी याक्खा (सुनसरी) रहेकी छन् ।

 

थारु महिलामा ललिताकुमारी चौधरी (मोरङ), दलित महिलामा कमला दर्नाल (तेह्रथुम), मधेसी महिलातर्फ गीता रानी महतो (मोरङ), मुस्लिम महिलातर्फ नुरशादी वेगम (मोरङ) रहेकी छिन् ।

 

प्रदेश १ मा नम्बरलाल धिमाल (झापा) एकमात्रै पुरुष छनोटमा परेका छन् । उदयपुरकी दनुवार, सुनसरीकी याक्खा र झापाका धिमाल अल्पसंख्यक हु्न् । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेको समानुपातिकमा १५ स्थानमा प्राप्त गरेको थियो ।

 

एमालेको प्रत्यक्षतर्फ एक जना पनि महिला जितेको कारण एक तिहाई संख्या पुर्‍याउने संवैधानिक व्यवस्था अनुसार समानुपातिकबाट कम्तीमा ११४ जना महिला छनोट गर्न आवश्यक थियो । इकान्तिपुरबाट