झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाकी इन्दिरा रानामगरलाई समानुपातिकतर्फ संघीय सांसदमा सिफारिस गरेको छ । रवि लामिछाने पार्टीको निर्णयअनुसार झापाकी रानामगरलाई सांसदमा चयन गरेको हो ।
झापा अर्जुनधारा ११ निवासी आदिवासी महिलाबाट इन्दिरा रानामगर संघीय सांसदमा चयन भएकी हुन् । झापा निर्वाचन क्षेत्र नम्बर २ मा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नमा संघीय समानुपातिकतर्फ दोस्रो स्थानमा मत मिलेको थियो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले झापा अर्जुनधाराकी इन्दिरा राना मगरलाई समानुपातिक सांसदमा सिफारिस गरेको हो । सामाजिक अभियन्ता इन्दिराले बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छन् ।
२०२७ सालमा झापाको साविक शनिश्चरे ६ मा जन्मेकी इन्दिराले समाजसेवाबापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। उनी झापालगायत नेपालका विभिन्न स्थानमा सञ्चालित जूनकिरी आधारभूत विद्यालयकी संरक्षक हुन् ।
नेपाली समाजेवी इन्दिरा रानामगर अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष ३ स्थानमा पर्न सफल भएकी थिइन् । इन्दिरा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छन् । उनी सामाजिक क्षेत्रमा आवद्ध भएको ३२ वर्ष पुग्यो । उनी बन्दी सहायता नेपाल नामक संस्थाको संस्थापकसमेत हुन् । यस क्रममा उनले अभिभावकत्व गुमाएका हजारौँ बालबालिकालाई सेवा गरिसकेकी छन् ।
उनले ती बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी छिन् । उनी एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा छानिएकी थिइन् ।