विराटनगर । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् ।उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका छन् ।

 

थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् । अर्याल देउवा पक्षका हुन् । कांग्रेस प्रदेश १ मा २९ जना सदस्य रहेका छन् ।