झापा । साविक प्रदेश नम्बर १ लाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिँड्ने ३४ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

 

स्कुटीसहित पाँचजना बन्दकर्तालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताएका थिए । उनले बिर्तामोडबाट तीनजना र काँकडभिट्टाबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

 

पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा सामी पालुङ्वा, आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेको आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

 

विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका थिए । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संगठनले शनिबार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका थिए ।

 

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किरात लिम्बुवान प्रदेश नामांकन अभियानबीच हिजो पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

 

यसैबीच, साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्ता झापामा पक्राउ परेका हुन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीकाे अर्जुनधारा अध्यक्ष राज खम्बु पनि थिए ।

 

जिल्लाका विभिन्न स्थानबाट ३३ जना बन्दकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले दमक, बिर्तामोड, काँकडभिट्टा, चारआली र केर्खाबाट उनीहरुलार्ई पक्राउ गरिएको जानकारी दिए । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

 

विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका थिए । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् ।