शनिश्चरे । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी आजदेखि अर्जुनधारा नगरपालिकाको सूचना प्रविधि शाखाले मनाउन सुरु गरेको छ ।

 

‘आइसिटी डे’को अवसरमा सूचना प्रविधि शाखाले नगरका सामुदायिक विद्यालयहरुमा अभियानअन्तर्गत मंगलबारदेखि विद्युतीय साक्षरता तालिम सुरु गरेको हो ।

 

हाल चालु अवस्थामा रहेका विभिन्न प्रविधिबारे जानकारी र विद्युतीय प्रविधिको प्रयोगबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्नेसँगै नगरपालिकाले प्रवाह गर्ने विद्युतीय सेवाहरुबारे जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा अधिकृत विनोद खनालले जानकारी दिए ।

 

नगरका ९ वटा माध्यमिक विद्यालयका कक्षा १० मा अध्धयनरत् विद्यार्थीहरुलाई लक्षित गरी शनिश्चरे माध्यमिक विद्यालयबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने बताइएको छ ।

 

 

प्रशिक्षकद्वय अधिकृत खनालसँगै कम्प्युटर महासंघ नेपाल झापा शाखाका सचिव लोकप्रिय खनालले सहजीकरण गर्ने तालिममा सहभागीहरुलाई साइबर सचेतना, सार्वजनिक सेवा प्रवाहमा आम जनताको पहुँच पु¥याउने विषय, अनलाइन कारोबारमार्फत् कर तथा राजश्व सम्बन्धी सेवा प्रवाहको विषयमा सहजीकरण गरिनेछ । सो तालिममा कम्प्युटर महासंघ नेपाल झापा शाखा र आईआईएचटीको प्राविधिक सहयोग रहेको छ ।