अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको सिद्धेश्वरी महिला समूहको आयोजनामा स्थानीय विद्यार्थी र समूहका सदस्यलाई एकदिने सेनेटरी प्याड बनाउने तालिम दिइएको छ ।

 

अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा आयोजित तालिममा सिंहदेवी मावि र सिस्ने शान्ति बोर्डिङ स्कुलका ३० जना विद्यार्थीसहित ५० जनाले सेनेटरी प्याड बनाउने सीप सिकेको समूहकी अध्यक्ष प्रभा नेपालले जानकारी दिइन् ।

 

तालिममा प्रशिक्षक मुना रिजालले सेनेटरी प्याड बनाउनेदेखि प्रयोगबारेमा आफ्ना धारणा राख्दै उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष बस्नेतले महिला समूहले आयोजना गरेको तालिमको प्रशंसा गर्दै लागत खर्च व्यक्तिगतरुपमा व्यहार्ने बचन दिएका थिए ।

 

कार्यक्रममा नमुना बजारका अध्यक्ष पदम निरौला,, सयपत्री युवा क्लबका अध्यक्ष पवन खनाल, सामुदायिक स्वास्थ्य इकाइकी प्रमुख श्रृष्टि येक्तेनलगायतले तालिमबारे आफ्ना धारणा राखेका थिए ।

 

सिस्ने शान्ति स्कुलमा आयोजित तालिमको सञ्चालन समूहकी सचिव दीपा बस्नेत र स्वागत समूहकी उपाध्यक्ष तारा सुवेदीले गरेकी थिइन् ।