काँकरभिट्टा । झापा अर्जुनधारा नगरपालिका १० स्थित कालिस्थान निवासी पुजन तामाङलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । तामाङकाे साथबाट प्रहरीले ४७ ग्राम ब्राउनसुगर बरामद गरेकाे छ ।

 

बुधबार साँझ ७ः३० बजे काँकरभिट्टास्थित दार्जीलिङ होटल अगाडि बाटोमा पुजनसहित मेचीनगर बस्दै आएका अर्जुनधारा १० कै २६ वर्षीय प्रकाश पौडेल र काठमाण्डौ १६ ढुङगे अड्डा बस्ने ईश्वर आधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

ईलाका प्रहरी कार्याल काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक सोमबहादुर लामिछाने मगर र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट प्रहरी सहायक निरीक्षक दुर्गा खनालको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

तीन जनामध्ये पुजन तामाङलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउदै गरेको ४७ ग्राम ब्राउनसुगर बरामद भएको थियो । तत्काल नियन्त्रणमा लिई तीनै जनालाई ईप्रका काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।