उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ स्थित लामाटोलमा सोमबार एक बालिकाको हत्या भएको छ । सोमबार राति करिब १० बजेतिर नचिनेको समूहले एक बालिकाको हत्या गरेको हो ।

 

खोटाङ जिल्लाको ऐंसेलुखर्क ६, ज्यामिरे स्थायी घर भई पथरीशनिश्चरे ७ स्थित लामाटोलमा फुपूको छोराको घरमा बस्दै आएकी ज्ञानुमति राईको हत्या भएको हो ।

 

पथरी शनिश्चरे १ को पञ्चायत नमुना माविमा कक्षा ७ मा पढ्दै आएकी ज्ञानुमतिको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ । ज्ञानुमति २ वर्षयता त्यो घरमा बस्दै आउनु भएको थियो ।

 

बालिकाको हत्यापछि पथरीशनिश्चरे क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । घटनाको अनुसन्धानका लागि (के नाइन) कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।