शनिश्चरे । हिमालय रोडिज सिजन सेभेनका विजेता झापा अर्जुनधाराका अनिष तामाङलाई गृह नगरमा तेक्वान्दो डोजाङले सम्मान गरिएको छ ।
गत सोमबार राति भएको फाइनल राउन्डबाट उनी हिमालय रोडिज सिजन सेभेनकाे च्याम्पियन बनेका थिए । उनलाई मंगलबार शनिश्चरे तेक्वान्दो डोजाङले सम्मान गरेको हो ।
उनी सोही डोजाङका खेलाडी (थर्ड डान) हुन् । उनलाई डोजाङ प्रमुख दिपेन दनुवार र झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार भट्टराईले सम्मान गरे ।
सिजन सेभेनको फाइनलमा अनिषसँगै काठमाडौँकी रोजिता लामा पुगेकी थिइन् । अर्जुनधारा ५ का अनिषले च्याम्पियन बनेसँगै अनिषले नगद १० लाखसहित एफजेड भी३ मोटरसाइकल जितेका थिए ।