बिर्तामोड । इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामुलक कार्यक्रम अभियानकै रुपमा चलाएको छ ।
विशेषगरी फिल्ड कर्मचारीलाई लक्षित गरेर ट्राफिक नियम र सडक दुर्घटनाका बारेमा सचेतना दिन कार्यक्रम आयोजना गरिएको वर्ल्ड लिंक बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेले जानकारी दिए ।
ट्राफिक प्रहरीसँगको समन्वयमा अन्य शाखाहरुमा पनि अभियान जारी रहेको बताइएको छ । यसैबीच, बिर्तामोड शाखामा कार्यरत फिल्ड कर्मचारीलाई सोमबार कार्यक्रममा सहभागी गराइएको थियो ।
कार्यक्रममा ट्राफिक नियम, सडक संकेत, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, गति नियन्त्रण तथा पैदलयात्रीको सुरक्षाजस्ता विषयहरूमा जिल्ला टरफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राईले सहजीकरण गरेका थिए ।