झापा । एमालेले समानुपातिकतर्फ १६ सांसदको नाम टुंग्याएको छ । केन्द्रीय सचिवालय बैठकले सांसदहरूको सूची टुंंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

 

आदिवासी जनजाति महिला, पुरुषमा उपाध्यक्ष रामबहादुर थापा, कुलभक्त शाक्य, भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् । खसआर्य महिला समूहबाट पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदाकुमारी बराल छन् ।

 

पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारु क्लस्टरबाट कृपाराम राना थारु रहेका छन् । यस्तै दलितबाट विष्णुमाया बिके, निता घतानी रहेका छन् ।

 

मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव, मधेशी पुरुषबाट चन्देश्वर मण्डल रहेका छन् । मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकीलाई समानुपातिक सांसद बनाउने निर्णय एमालेले गरेको छ ।