झापा । प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
मौसममा सामान्यतया बदली रही केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशााले देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा पनि हुन सक्ने जनाएको छ ।
अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।