झापा । झापामा आज दुई जना कोरोना संक्रमित थपिएका छन् । थपिने एक महिला र एक पुरुष दुवैजना कमल गाउँपालिकाका रहेका हुन् ।

कमल वडा नं ३ का दुई स्थानीयमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । भदौ २६ गते ६२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा दुईजनाको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिइन् ।

योसँगै कमल गाउँपालिकामा संक्रमितको सँख्या ५४ पुगेको छ । जसमध्ये ५० जना समुदायका र ४ जना विदेशबाट फर्केकाहरु रहेका छन् ।

संक्रमितहरुमध्ये ३ जना उपचाररत रहेको र त्यसबाहेक बाँकी निको भइसकेको अध्यक्ष काफ्लेले बताइन् ।