झापा । झापामा आज बिहीबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार ५ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार संक्रमितहरुमा दमकका ६ जना र मेचीनगर नगरपालिकाक ४ जना रहेका छन् । दमक नगरपालिका वडा न. ५, ८ र ९ का ५ महिला र १ जना पुरुष रहेका छन् । उनीहरु सबै स्थानीय बासिन्दा हुन् ।
यसैगरी मेचीनगर नगरपालिका वडा न. ६ र ७ का ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएको चम्लागाईले बताए ।
यो संगै झापामा कोरोना संक्रमितको कुल संख्या ७८० पुगेको छ ।