झापा । विश्वमा कोरोना भाइरसबाट संक्रमित बनेकामध्ये तीन करोड बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।हालसम्म विश्वमा चार करोड छ लाख २५ हजार आठ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार छ सय ५८ जना नयाँ बिरामी थपिए । जम्मा संक्रमितमध्ये तीन करोड तीन लाख ३८ हजार आठ सय ८१ संक्रमितको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज हुँदै घर फर्किएका छन् ।
हालसम्म विश्वमा कोरोनाका कारण ११ लाख २२ हजार सात सय सात जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार तीन सय ४४ जनाले ज्यान गुमाए । ९१ लाख ६४ हजार दुई सय ९१ जना उपचाररत रहेकोमा ७२ हजार छ सय ५१ जनाको अवस्था गम्भीर छ ।
विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ८४ लाख ४७ हजार दुई सय ४२ जनालाई संक्रमण पुष्टि भएको छ । एकै दिन ४९ हजार एक सय ४१ जनामा कोरोना देखियो । संक्रमितमध्ये ५४ लाख ९४ हजार पाँच सय १८ जना उपचारपछि घर फर्किएका छन् ।
२७ लाख २७ हजार पाँच सय ५३ जना उपचाररत रहेकोमा १५ हजार तीन सय ७४ जनाको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण दुई लाख २५ हजार एक सय ७१ जनाको मृत्यु भइसकेको छ । एकै दिनमा तीन सय ९७ जनाले ज्यान गुमाए ।
भारतमा हालसम्म ७५ लाख ९४ हजार सात सय ३७ जनालाई कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार चार सय ९८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये ६७ लाख ३० हजार छ सय १७ जना उपचारपछि घर फर्किएका छन् ।
सात लाख ४८ हजार आठ सय ८३ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारतमा ज्यान गुमाउने संक्रमितको संख्या एक लाख १५ हजार दुई सय ३६ रहेको छ । एकै दिन पाँच सय ९४ जनाको मृत्यु भयो ।
ब्राजिलमा संक्रमितमध्ये ४६ लाख ८१ हजार छ सय ५९ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । चार लाख १५ हजार दुई सय ४२ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।
ब्राजिलमा संक्रमित संख्या ५२ लाख ५१ हजार एक सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजा सात सय ८३ नयाँ बिरामी थपिए । कोरोनाका कारण ब्राजिलमा एक लाख ५४ हजार दुई सय २६ जनाले ज्यान गइसकेको वाल्डो मिटरले जनाएको छ । एजेन्सी