झापा । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड १० लाख नाघेको छ । पछिल्लो २४ घण्टाभित्र तीन लाख ७९ हजार तीन सय ३० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड १० लाख १८ हजार सात सय ४२ पुगेको हो ।

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ११ लाख २८ हजार सात सय ९८ पुगेको छ । एकै दिन छ हजार ३९ जनाको मृत्यु भयो ।जम्मा संक्रमितमध्ये तीन करोड छ लाख १४ हजार सात सय ८४ जनाको उपचार सम्भव भएको छ । ९२ लाख ७५ हजार एक सय ६० जना उपचाररत रहेकोमा ७६ हजार आठ सय २२ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या ८५ लाख १६ हजार सात सय ३१ पुगेको छ । एकै दिन ५९ हजार आठ सय ७४ नयाँ बिरामी थपिए । संक्रमितमध्ये दुई लाख २६ हजार ५३ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा आठ सय ३१ जनाले ज्यान गुमाए । अमेरिकामा ५५ लाख ४१ हजार सात सय ६८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । २७ लाख ४८ हजार नौ सय १० जना उपचाररत रहेकोमा १५ हजार पाँच सय ३७ जनाको अवस्था गम्भीर छ ।

एकै दिन ५४ हजार चार सय २२ जना नयाँ बिरामी थपिएपछि छिमेकी मुलुक भारतमा संक्रमित संख्या ७६ लाख ४९ हजार एक सय ५८ पुगेको छ । एक लाख १५ हजार नौ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र सात सय १४ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ६७ लाख ९२ हजार पाँच सय ५० जना उपचारपछि डिस्चार्ज हुँदै घर फर्किएका छन् । सात लाख ४० हजार छ सय ५८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमै कोरोनाबाट प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म संक्रमित संख्या ५२ लाख ७४ हजार आठ सय १७ पुगेको छ । एकै दिन २३ हजार छ सय ९० जना नयाँ बिरामी थपिए । एक लाख ५४ हजार आठ सय ८८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ६२ जना संक्रमितको मृत्यु भयो ।

४७ लाख २१ हजार पाँच सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज हुँदै कोरोनामुक्त भएर घर फर्किएका छन् । तीन लाख ९८ हजार तीन सय ३६ जना उपचाररत रहेकोमा ब्राजिलमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एजेन्सी