काठमाण्डौ । यसपालिको दशैँ घमाइलो हुने भएको छ ।पर्सिसम्म नै पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नदेखिएकाले धेरै ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, स्थानीय वायुको प्रभावले एक दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ भने प्रदेश १ मा आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बद्ली रहेको भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ९ गते (आइतबार)
दिउँसोः प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक १० गते (सोमबार)
दिउँसोः प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।