बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापा जिल्लामा ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा २० जना महिला र २४ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी दमकका १७ जना छन् । उनीहरुमध्ये ११ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, गौरादहमा २ महिला र ९ पुरुषमा संक्रमण भएको छ ।
यस्तै, भद्रपुरमा १ महिला र ३ पुरुष, कमल गाउँपालिकामा २ महिला र २ पुरुष, बिर्तामोडमा २ महिला, झापा गाउँपालिकामा २ जना पुरुष, मेचीनगर र अर्जुनधारामा १-१ महिला र हल्दिबारी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा पछिल्लोपटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक ५ की ४५ वर्षीया महिला र गौरादह २ की ४९ वर्षीया महिलाको मृत्यु भएको हो । यो सँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
झापामा आजसम्म २ हजार ८५३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३३ रहेको छ । त्यस्तै, निको भएर घर फर्किनेको संख्या १ हजार ७४८ जना रहेको छ ।