झापा । झापाको अर्जुनधारा र भद्रपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षिय इश्वरीप्रसाद ओलीको मृत्यु भएको हो । गएराति १२ बजेतिर ती बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई कात्तिक २९ गते सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

यस्तै, भद्रपुर नगरपालिका वडा नं ९ का ७८ वर्षिय प्रेमलाल ढकालको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको गएराति १० बजे नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो ।

अस्वस्थ्य बनेपछि उनलाई विराटनगर लगिएकोमा त्यही संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । मृतकको शवलाई दुवागढीस्थित प्रणामीनगरमा अन्त्येष्टि गरिएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा ५ र जिल्लामा ८३ पुगेको छ ।