फिक्कल । इलामको सूर्योदय नगरपालिका ९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सूर्योदय ९ मा बसोबास गर्दै आएका टाँसी वामु यल्मुको उपचारको क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या भएपछि फिक्कलमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । बिराट मेडिकल कलेजमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आए पछि उक्त अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको सूर्योदय नगरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनको कन्ट्रयाक ट्रेसिङमा परेका २१ जनाको स्वाब स।कलन गरी परीक्षण गरिएको छ ।

उनमा पहिलादेखि नै स्वास्थ्य समस्या रहेको बुझिएको छ । जनस्वास्थ्य निरीक्षक अधिकारीले अवस्था हेरी परिवारका सदस्यलाई आईसोलोसनमा राखिने जानकारी दिए ।