काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष रहेका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ४९ हजार १ सय ३६ छ भने २४ घण्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ५२ रहेको छ ।
२४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ३९ हजार ४ सय १६ जना घर फर्किसकेका छन् ।
त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।