सांकेतिक तस्वीर ।

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।

यसैगरी, महाशाखाले हाल पूर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो लागेको जनाएको छ । साथै, प्रदेश १, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष ५ गते (आइतबार)
दिउँसोः प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)
दिउँसोः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार)
दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश नं १ प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।