बुधबारदेखि शुरु भएको परिषद बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले प्रदेशलाई बेवास्ता गरी दीर्घकालीन योजना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन विकास योजनाको मस्यौदापत्रलाई सरकारले आज बिहिबार अन्तिम रुप दिँदैछ ।
दीर्घकालीन विकास योजनालाई अन्तिम रुप दिनुअघि त्यसबारे छलफल गर्न मूख्यमन्त्री प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । बालुवाटारमा अहिले प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्रीहरुबीच दीर्घकालीन विकास योजनासहित प्रदेशका विभिन्न पक्षबारे छलफल भइरहेको छ ।