काठमाण्डौ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

प्रदेश १ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको छ ।

प्रिमनसुनकै समय भएकाले प्रदेश २ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

प्रदेश १ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।