काठमाडौँ । हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

आइतबारबाट मौसममा सुधार आउने
देशभर मौसम बदली भई केही स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । यो क्रम भोलि रातिसम्म जारी रहने र आइतबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भोलिसम्म मौसम प्रभावित हुने भएको हो । बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि मध्यम वर्षा भइरहेको छ ।

 

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।