काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ । अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ । उहाँकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
मंगलबार पनि प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार भने सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।
कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।