काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

 

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को एक, दुई स्थानमा मेघ गर्जन रचट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।