धनकुटा । यहाँ जारी भीमनारायण गोल्डकपको बुधबार हुने भनिएको पहिलो सेमिफाइनल वर्षात्का कारण स्थगित भएको छ ।

मोरङको विन्दावासिनी एफसी र क्यामरुनी टोली दाउफिन्स एफसीबीच सेमिफाइनको खेल सञ्चालन गर्ने समयमा वर्षात् आएपछि खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार दुई टोलीबीचको खेल भोलि बिहान ८ बजे हुनेछ । गोल्डकपको विजेताले नगद चार लाख र ट्रफी पाउनेछ ।