झापा । झापामा समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नं २ गणको आयोजनामा तालिम सञ्चालन भएको हो ।
७ दिने तालिममा झापाका सम्भावित विपद् निम्तिने पालिकाहरू मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कन्काई र भद्रपुर नगरपालिकाका ४-४ जना गरी जम्मा २० जना नगर प्रहरी सहभागी छन् ।
तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिने गणका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले बताए ।