झापा । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

 

तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

 

उनका अनुसार भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो प्रणालीको असर कम छ । तर, अन्य प्रदेशमा भने असर रहिरहेकाले ती प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् ।