झापा। मोटरसाइकल चोरी गरी झापाबाट इलामतर्फ लाँदै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ११ बस्ने ३३ वर्षीय तुलसी राजबंशी रहेका छन् ।
हिजो बिहान ११ बजे इलामको रोङ गाउँपालिका ४ जोरकलशस्थित मेची राजमार्गमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०१-०१७ प २४५९नम्बरको पल्सर मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा कागजपत्र नभएको उक्त मोटरसाइकल राजवंशीले झापाको धुलाबारीबाट चोरी गरी ल्याएको बुझिएको थियो ।
उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । सो मोटरसाइकल मोटरसाइकलधनी मेचीनगर ९ का राहुल बिकले हराएको भन्दै हिजै इप्रका धुलाबारीमा लिखित निवेदन दिएका थिए ।