बिर्तामोड । झापाको हल्दिबारीमा बिहीबारदेखि हराइरहेका ८० वर्षीय बृद्ध मृत अवस्थामा भेटिएका छन् । मृत भेटिएकी बृद्ध पाँचथरका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पाँचथरको कुम्मायक गाउँपालिका घर भएका ८० वर्षीय मानभक्त लावती हल्दिबारी गाउँपालिका १ स्थित पैनीमा मृत भेटिएका हुन् । उनी छोरीको घरमा बस्दै आएका थिए ।

 

हिजो दिउँसो ४ बजेदेखि हराएका ८० वर्षीय मानभक्त लावती आज बिहान ६ बजे हल्दिवारी १ स्थित पैनीमा मृत भेटिएका हुन् ।पाँचथर कुम्मायक गाउँपालिका बस्ने लावती हल्दिवारी १ कोचाटोलीमा छोरीको घरमा बस्दै आएका थिए ।

 

हिजो दिउँसोदेखि हराएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनी फेला परेकी थिएनन् । आज बिहान ६ बजेको कुमारी शाहशंकरले घाँस काट्न जाने क्रममा पैनीमा लावतीलाई मृत अवस्था देखेकी थिइन् ।