‘सुकेटार-बिर्तामोड’ साइकल यात्री टोलीलाई सम्मान

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १८:११

बिर्तामोड । ‘साइकल कुदाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ साइकल राइडरहरुको एक समूहले ताप्लेजुङबाट झापासम्मको यात्रा पूरा गरेको छ । चार दिनअघि ताप्लेजुङकाे सुकेटारबाट यात्रा सुरू भएकाे थियाे । ताप्लेजुङको सुकेटरबाट सुरु भएको यात्रा चौँथो दिन बिर्तामोडमा आएर टुंगिएको छ ...

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १८:००

झापा । हास्य कलाकार हरिवंश आचार्यले आफू र श्रीमती रमिलालाई कोरोना भाइरस संक्रमण भएको खुलाएका छन् । सामान्य लक्षण देखा परेपछि पीसीआर परीक्षणका लागि हिजो स्वाब संकलन गराएको कलाकार आचार्यले अफिसियल पेज हरिवंश आचार्यमार्फत जानकारी दिँदै आज रिपोर्ट पोजेटिभ आएको ...

प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १७:३४

विराटनगर । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी मोरंगमा २१० जना रहेका छन् भने सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा ...

बिर्तामोडका ३ जनासहित मंगलबार झापामा १९ संक्रमित थपिए

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १७:२३

झापा । मंगलबार झापामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये एक जना महिला रहेकी छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुरका ८ जना रहेका छन् । जसमा तीन जना जिल्ला बाहिरका हुन् । ...

आज थप ९ जनाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १६:५०

झापा । नेपालमा मंगलबार थप ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा थप ९ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ...

कृषि विकास बैंक र भद्रपुर भन्सारका कर्मचारीलाई कोरोना

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १६:३७

भद्रपुर । भद्रपुरमा मंगलवार पाँच कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैंक भद्रपुरका प्रबन्धकसहित चार जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एक महिला र तीन पुरुष ...

नेपालमा कोरोना संक्रमित संख्या ९० हजार नाघ्यो

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १६:२८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ...

मोरङका दुई जना कोरोना संक्रमितको नोबेलमा मृत्यु

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार ०८:२८

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । मृतक दुवै पुरुष मोरङकै हुन् । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ ...

कोरोनाका कारण १० लाख ४५ हजार बढीको मृत्यु

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार ०७:४६

झापा । कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख ४५ हजार बढी पुगेको छ । एकै दिन तीन हजार सात सय १७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० लाख ४५ हजार तीन सय ५७ पुगेको हो ...

झापाको बिर्तामोडमा प्लाज्मा थेरापी बैंक सञ्चालनमा

न्यूज सञ्जाल १९ आश्विन २०७७, सोमबार १८:१२

बिर्तामोड । कोरोना संक्रमित बिरामीका लागि बिर्तामोडमा प्लाज्मा थेरापी बैंक सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी झापाले एकका लागि एक अभियानसँगको सहकार्यमा बिर्तामोडस्थित रक्त सञ्चार सेवा कार्यालय भवनमा प्लाज्मा बैंक स्थापना गरिएको हो । रक्त सञ्चार केन्द्रमा प्लाज्मा थेरापीका ...

1 … 87 88 89 90 91 … 102
×