कोरोना भाइरसले विश्वभर २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजार संक्रमित
काठमाडौं । ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । ...