दुई दशकपछि मुलुकले स्थानीय जनप्रतिनिधी पाएको पनि १७ महिना बितिसकेको छ । जनप्रतिनिधी पाएसँगै सर्वसाधरणले पनि विकास र समृद्धिको अपेक्षा राखे । यो अवधीमा जनप्रतिनिधीले के गरे ? भावी दिनमा के कस्ता लक्ष्य लिइएको छ ? भनेर सहकर्मी अञ्जनकुमार मिश्रले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेलाई सोध्नुभएको छ । प्रस्ततु छ वडाध्यक्ष मेचेसँग गरिएको कुराकानीको संक्षेप ।

जनतालाई विकास र समृद्धीका सपना देखाउनुभएको थियो ? काम त धमाधम भइरहेको होला नी ?

बीस बर्षपछि स्थानिय तहको निर्वाचन सम्पन्न भएर हामी निर्वाचित भएको पनि १७ महिना बितीसकेको छ । यो अवधीमा मेचीनगर ७ अर्थात् साविक मेचीनगर ११ र १२ साविक ज्यामिरगढी ७ र ९ मा अहिले विकास निर्माणका कार्य धमाधम अघि बढिरहेको छ । हामीसँग स्थानीय जनताको अपेक्षा धेरै भएपनि सिमीत बजेटका कारण सबै अपेक्षा पुरा गर्न सकिरहेका छैनौँ । सम्भव भएसम्म र बजेटले भ्याएसम्म जनताको काम गरिरहेका छौँ ।

विकास निर्माण बाहेकका अन्य क्षेत्रमा तपाईले के कस्ता काम गरिरहनुभएको छ ?

मेरो वडामा बाटोघाटोको समस्या भएकाले बजेट पनि अलिक बढी त्यसमा केन्द्रित गरेर विनियोजित गरेका थियौँ । तर अन्य क्षेत्रहरुमा पनि उत्तिकै मात्रामा प्राथमिकताका साथ काम गरिरहेका छौँ ।

खेलकुदका लागि सरस्वती प्रावीको १० विघा जग्गामा खेलमैदान, जनता आवास योजना, चिल्ड्रेन पार्कको अवधारणा अघि सारेर काम गरिरहेका छौं ।

तपाईले गरेका कामप्रति स्थानीयको साथ सहयोग कस्तो छ ?

एकदम राम्रो छ । मैले उहाँहरुको सल्लाह सुझावमा काम गरिरहेको छु । विकास निर्माणका कामहरुमा स्थानीय जनसहभागिता पनि राम्रो छ । यो वडाका कतिपय गाउँहरु विपन्न परिवारको समेत बसोबास रहेकाले विकास निर्माणका लागि जनसहभागीता बापत उठाउने रकम उठाउन गाह्रो हुन्छ । तर पनि उहाँहरुले म्यानेज गरेर सहयोग गरिरहनु भएको छ ।

तपाईहरुले आफ्नो वडालाई खुल्ला दिशामुक्त वडा पनि घोषणा गर्नुभयो । यो गर्न कत्तिको सहज थियो ?

विपन्न र शैक्षिकस्तर कम भएका परिवार बढी भएका हिसाबले त्यो पक्कै सहज थिएन । तर, हामीले सम्भव गरायौँ । वडा नं. ७ मा समस्या भएपनि नगरपालिकासँग समन्वय गरेर हामीले वडावासीको घरमा शौचालयको व्यवस्था गरेका छौं । खुल्ला दिशापिशाव गर्दा हुने समस्याको बारेमा वडाबासीलार्इं जनचेतना फैलाउने र सार्वजनिक शौचालय पनि निर्माण ग¥यौँ ।

निर्वाचित भएर अहिले सम्म आईपुग्दा तपाईले गरेका खास कार्यहरु चाँही के—के मान्नुहुन्छ ?

म लगायत मेरो टिम तथा कर्मचारीको सहयोगले वडाका अधिकाशं बाटोको स्त्तरोन्तीलाई प्राथमिकतामा राखेर काम ग¥यो । वडालाई खुल्ला दिशामुक्त गर्न सफल भयौँ । त्यस्तै शिक्षा क्षेत्रमा मैले व्यत्तिगत रुपमा पनि सहयोग गर्न सकौँ भनेर पाउने पारिश्रमिकबाट अरनिको प्रावीका एक जना शिक्षकलाई मासिर ५ हजार पारिश्रमिकको व्यवस्था गरेको छु ।

अब तपाईको भावी योजना के छ ?

आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरेका कच्ची सडकलाई कालोपत्रे बनाउने, वडा नं. ७ का गाउँमा विजुली विस्तार गर्ने, कम्तीमा २५ घरधुरीलाई नगरपालिकाको सहकार्यमा जनता आवास योजना अन्तरगत आवास वितरण गर्ने, सरस्वती प्रावि को जग्गामा रंगाशाला निर्माण गर्ने साथै चिल्डे«न पार्क निर्माण गर्ने मेरो विशेष योजना रहेको छ ।

अन्त्यमा केही भन्नु छ ?

जनताका अपेक्षाअनुसार बजेटले भ्याएसम्म हामीले कामहरु अगाडी बढाइरहेका छौँ । कतिपय अवस्थामा कमी कमजोरी भए तपाईहरुले मलाई सिधैँ भन्न सक्नुहुनेछ । मैले जनताकै सुझावअनुसार काम गर्ने हो । र अहिले सम्म जे जसरी साथ सहयोग दिईरहनु भएको छ, आगामी दिनमा पनि त्यो कायम रहोस् । धन्यवाद ।