अर्जुनधारा । अर्जुनधारा जेसीजको शुक्रबार राति अबेरसम्म भएको अधिवेशनले वर्ष २०१९ को अध्यक्ष पदमा टीकाराम गौतमलाई निर्वाचित गरेको छ ।

वर्ष ०१९ लाई अगाडि बढाउन अध्यक्ष गौतमसँगै कार्यकारी उपाध्यक्षद्वयमा जीवन खनाल, रोवक थापा, उपाध्यक्षहरुमा बसन्त बुढाथोकी, सुमन राई, विमला भट्टराई, भीमबहादुर कुँवर निर्वाचित भएका छन् ।

कानूनी सल्लाहकार, महासचिव र कोषाध्यक्षलाई नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान बमोजिम क्रमशः राजन साम्पाङ राई, भास्कर भट्टराई र रुद्र नेपाल (रमेश) लाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए । यसरी नै सचिवमा निशा तामाङ, जनसम्पर्क अधिकारीमा सुरेश थापा चयन गरिएको निर्वाचन आयुक्त प्रल्हाद ढुंगानाले जानकारी दिए ।

अधिवेशनले जेसीज अभियान सफल बनाउन संयोजकहरुमा रुद्रप्रसाद दाहाल, नरेन्द्र चाम्लगाई, हिरालाल श्रेष्ठ (किरण)लाई चयन गरेको छ । बाँकी संयोजकहरु समितिको बैठकले चयन गर्ने जनाइएको छ ।