झापा । अल इण्डिया फुटबल फेडरेशनको आयोजना र ओडिसा एफएको सहकार्यमा यहि फेब्रुअरी ९ देखि १५ तारीखसम्म हुन गईरहेको चारदेशीय महिला फुटबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो पहिलो खेल ९ फेब्रुअरीका दिन म्यानमारसँग खेल्नेछ भने दोस्रो खल ११ फेब्रुअरीका दिन आयोजक भारतसँग खेल्नेछ । त्यस्तै लिगचरणको अन्तिम खेलमा नेपालले १३ फेब्रुअरीका दिन इरानसँग खेल्ने कार्यक्रम रहेको छ ।

स्मरणीय छ, अन्तिम समयमा आएर श्रीलंकाले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि श्रीलंकाको स्थानमा इरानलाई समावेश गरिएको हो । गोलनेपालका अनुसार प्रतियोगितामा सहभागी देशहरुमध्ये नेपाल सबैभन्दा तल्लो वरियताको टोली समेत हो ।

फिफा वरियतामा म्यानमार ४४ औं स्थानमा छ भने इरान ६० औं स्थानमा छ । त्यस्तै भारत ६२ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा छ ।

महिला फुटबल टोली अहिले झापाको मेची रंगशालामा बुधबारदेखि अभ्यासरत छ ।

प्रतियोगिताका खेलहरु :

फेब्रुअरी ९
म्यानमार विरुद्ध नेपाल (४ बजे)
भारत विरुद्ध इरान (७ बजे)

फेब्रुअरी ११
म्यानमार विरुद्ध इरान (४ बजे)
भारत विरुद्ध नेपाल (सातबजे)

फेब्रुअरी १३
इरान विरुद्ध नेपाल (४ बजे)
म्यानमार विरुद्ध भारत (७ बजे)