इलाम । लामो समय इलाम रहेर पत्रकारिता गरेका बेनुप भट्टराईले आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष खडा गरिदिएका छन् ।

हाल क्यानडामा रहेका भट्टराईले आफ्ना हजुरबुबा र हजुरआमाको स्मृतिमा देउमाइ नगरपालिकास्थित डम्बर आधारभूत विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्न हजुरबुबा लोकनाथ र हजुरआमा विष्णुमाया भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।

उक्त अक्षयकोषको व्याज रकमबाट प्रत्येक वर्षको एसइइ परीक्षामा नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र÷छात्रालाई पुरस्कृत गरिने विद्यालयका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए ।