सर्लाही । झापा ११ एफसीले तेस्रो राजर्षी जनक कप फुटबल प्रतियोगितामा सोमबार भुटानको पारो एफसीलाई रोक्न सकेन ।

खेलको ७औँ मिनेटमै १० खेलाडीमा सीमित रहेको पारो एफसीले झापालाई ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै घर पठाएको छ । भुटानले झापाविरुद्ध पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

पारो एफसीले दोस्रो सेमिफाइनल खेल बागमती युथ क्लबसँग खेल्नेछ भने पहिलो सेमिफाइनल खेल मंगलबार थ्री स्टार क्लबविरुद्ध सशस्त्र प्रहरीको एपीएफ टीमबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ ।